बहराइन सरकारका उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अलखलिफासंग शिष्टाचार भेट

बहराइन सरकारका उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अलखलिफासंग शिष्टाचार भेट

मिति २०७९/१०/२५ तदनुसार ९ फेब्रुवरी २०२३ का दिन महामहिम राजदूत तीर्थराज वाग्लेले बहराइन सरकारका महामहिम उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अल खलिफा (H.E. Shaikh Khalid bin Abdullah Al Khalifa) संग शिष्टाचार भेट गर्नुभयो । सो भेटका अवसरमा नेपाल र बहराइन अधिराज्यबीच द्विपक्षीय सम्बन्ध अभिवृध्दिमा भ्रमण आदानप्रदानको महत्व, मानवीय सेवा कार्य, श्रम, स्वास्थ्य तथा पर्यटन सम्बन्ध विस्तारका अवसरबारे चर्चा भएको थियो । उपप्रधानमन्त्रीले बहराइनको ईशा अवार्ड फर सर्भिस टु ह्युम्यानिटी (Isa Award for Service to Humanity) का लागि नेपालका नेत्र रोग विशेषज्ञ प्रा.डा. सन्दुक रुइत छनोट हुनुभएकोमा बधाई दिनुभएको थियो । राजदूतले उक्त गौरवशाली पुरस्कार घोषणा प्रति हार्दिक आभार प्रकट गर्दै मानवीय सेवा कार्यमा बहराइनले पुर्याउँदै आएको कार्यको सराहना गर्नुभयो । उपप्रधानमन्त्री शेख खालिद उक्त ईशा अवार्ड बोर्ड अफ ट्रष्टीजका उपाध्यक्ष हुनुहुन्छ । यसै गरी ९ फेब्रुवरी २०२३ का दिन महामहिम राजदूतले बहराइन अधिराज्यको ईशा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका महासचिव H.E. Dr. Ali Abdulla Khalifa संग भेट गरी ईशा अवार्ड घोषणाका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट गौरव र आभार प्रकट गर्नुभयो । उक्त ईशा अवार्ड वितरण समारोह केही हप्ताभित्र मनामामा हुने कार्यक्रम रहेको छ । उक्त भेटघाटमा नियोग उपप्रमुख अरुणा घिसिङ पनि उपस्थित हुनुहुन्थ्यो ।

नेपाली राजदूतावास

मनामा, बहराइन

२०७९/१०/२५ ( फेब्रुवरी २०२३)