वैदेशिक रोजगार बचतपत्र सम्बन्धी जानकारी

नेपाल राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) बिक्रीका लागि खुला गरिएको सम्बन्धी सूचना

नेपाल सरकारले यही मिति २०८०/१/१७ देखि २०८०/२/१७ सम्म “नेपाल सरकारको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे)” ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको वेबसाईटमा रहेको लिंक https://obss.nrb.org.np/saving/fesavingnotices.php मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था भएकाले बहराइनमा कार्यरत सम्पूर्ण नेपाली नागरिकहरुलाई जानकारी गराईन्छ ।

वैदेशिक रोजगार बचतपत्र खाता (Foreign Employment Saving Bonds Account) खोल्नका लागि नेपाल राष्ट्र बैंकको वेबसाईटमा रहेको यस लिंक https://obss.nrb.org.np/saving/fesbusesignup.php मार्फत विवरण दर्ता गर्न सकिन्छ ।  

साथै, थप जानकारीका लागि निम्न लिंक हेर्न सकिन्छ ।

नेपाली राजदूतावास

मनामा, बहराइन

२०८०/१/२५