राहदानी दस्तुर सम्बन्धी सूचना

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८०/०२/२४ को निर्णयनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संसोधन भएकोले सोहि बमोजिम मिति २०८०/०३/०३(तदनुसार १८ जुन, २०२३) देखि यस राजदूतावासमा ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर बहराइनी दिनार २० लागु भएको व्यहोरा सबैमा जानकारी गराइन्छ।

थप जानकारीका लागि राजदूतावासको निम्न लिङ्कमा Passport – Embassy of Nepal – Manama, Bahrain (nepalembassy.gov.np) हेर्न सकिन्छ ।

 

नेपाली राजदूतावास

मनामा बहराइन

२०८०/०३/०३( १८ जुन २०२३)