राजदूतावासबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना

राजदूतावासबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना
  1. वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली राजदूतावास, मनामा, बहराइनबाट मिति २०८० जेठ १ गते तदनुसार १५ मे २०२३ देखि पुनः श्रम स्वीकृति प्रदान गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पुनः श्रम स्वीकृतिका लागि प्राप्त हुने आवेदनको संख्या अनुसार थपघट हुने गरी हाललाई दैनिक १० वटा टोकन उपलब्ध हुने गरी पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने व्यहोरा समेत जानकारी गराईन्छ।
  2. पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा अनलाईन फाराम (online form) भर्नु पर्दछ। पुनः श्रम स्वीकृति लिन राजदूतावासमा उपस्थित हुनु पर्दैन। सबै प्रक्रिया अनलाईनबाटै गर्न सकिन्छ। अनलाईन फाराम भर्दा सम्भव भएसम्म सम्बन्धित व्यक्ति आफैंले भर्नुपर्छ र आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ। आफैंले भर्न सम्भव नभएमा सो कार्यको लागि अन्य सहयोगी व्यक्ति, संस्था वा आफ्नो स्थानीय तह (गाउँपालिका वा नगरपालिका) मार्फत पनि भर्न सकिन्छ ।
  3. अनलाईनबाट पुनः श्रम स्वीकृतिका लागि फाराम भर्नका लागि यो लिंक हेर्नुहोला: https://feims.dofe.gov.np/Common-Login.aspx
  4. अनलाईन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ र स्क्यान कपि प्रविष्टि (scan copy upload) गर्नुपर्दछ ।
    • पासपोर्ट साइजको फोटोको स्क्यान कपि
    • पासपोर्टको फोटो पेजको स्क्यान कपि
    • पासपोर्टमा लागेको Arrival/Departure Stamp पेजको स्क्यान कपि
    • करार सम्झौताको स्क्यान कपि
    • पुरानो श्रम स्वीकृतिको स्क्यान कपि
    • भिषाको स्क्यान कपि
    • CPR को स्क्यान कपि
  5. तोकिएको स्थानमा जुन कागजात भनिएको छ सोही कागजात तोकिएको फर्म्याट (jpeg, png वा pdf) तथा तोकिएको आकार (5 MB भन्दा कम size मा) मा प्रविष्टि गर्नुपर्दछ।
  6. पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा देहायको प्रक्रिया अपनाई अनलाईन आवेदन दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।
    • पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको https://feims.dofe.gov.np/Common-Login.aspx मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र/ भन्ने Login मा Click गर्नुहोस्।
    • तत्पश्चात् आफ्नो पासपोर्ट (Passport) नम्बर र पासवर्ड (Password) प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System (FEIMS) मा प्रवेश गर्न सकिनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा Click गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ।
    • यसरी आवेदन दिँदा नयाँ पासपोर्ट लिनुभएको भए सोही पासपोर्टको आधारमा प्रक्रिया अगाडि बढाउनुहोला। पासवर्ड (Password) बिर्सनु भएको अवस्थामा राजदूतावासको eonbahrain@gmail.com वा eonmanama@mofa.gov.np मा ईमेल गरी आफ्नो पासपोर्ट नम्बर तथा पासपाेर्टकाे फाेटाेकपि सहित संलग्न ढाँचा बमाेजिमकाे निवेदन फाराम भरी पासवर्ड रिसेट (Password reset) का लागि अनुरोध गर्न सक्नुहुनेछ।पासवर्ड रिसेट भएको जानकारी आफ्नो ईमेलमा नै प्राप्त हुनेछ।
    • FEIMS पासवर्ड रिसेटका लागि निवेदन फारामकाे ढाँचा: https://bh.nepalembassy.gov.np/FEIMS-Password-Reset.pdf
    • वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (FEIMS) मा सम्पूर्ण विवरण अपडेट गरी माग भए बमोजिमको कागजपत्र प्रविष्टि गर्नुपर्नेछ।अन्तिममा श्रम स्वीकृतिका लगि आवेदन गर्ने स्थानमा ‘मनामा बहराइन’ (Manama Bahrain) छनौट गरी आवेदन दिनुपर्नेछ।
    • श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष (Foreign Employment Welfare Fund), बीमा (Foreign Employment Insurance) र सामाजिक सुरक्षा कोष (Social Security Fund) को रकम सोझै सम्बन्धित व्यक्तिले विद्युतीय भुक्तानी प्रणाली (जस्तैः Connect IPS/eSewa/Khalti) मार्फत तिर्नुपर्नेछ।
    • पुरानो श्रम स्वीकृति लिँदा आँखा वा औंठाछाप (Biometric) दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिन मिल्दैन।यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औंठाछाप दर्ता भएको हुनुपर्छ।
  7. अनलाईन आवेदन दिने प्रक्रियाको बारेमा देहायको लिंक Click गरी उपलब्ध सूचना सामाग्रीबाट थप जानकारी प्राप्त गर्न सकिन्छ।
नेपाली राजदूतावास,
मनामा, बहराइन।
२०८०/१/२८