भोटेकोशी हिमबाढी प्रभावितका लागि आर्थिक सहयोग
२०८३ भदौ २३ (८ सेप्टेम्बर २०२६)
भोटेकोशी हिमबाढी प्रभावितका लागि आर्थिक सहयोग
२०८३ भदौ १० मा नेपालको भोटेकोशी नदीबाट आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षति पश्चात् उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिक एवम् विदेशी नागरिक लगायत शुभेच्छुकहरुबाट प्रधानमन्त्री दैवीप्रकोप राहतकोषमा आर्थिक सहयोग प्राप्त गर्ने क्रम जारी छ।विदेशबाट हुने आर्थिक सहयोगलाई थप सहज बनाउन विदेशस्थित नेपाली नियोगहरुको बैङ्क खातामा समेत सहयोग रकम जम्मा गरी नेपाल पठाउन सकिने व्यवस्था भएको छ।सोका लागि नेपाली राजदूतावासको देहाय बमोजिमको खातामा चेक/रकम ट्रान्सफर गरेर सहयोग गर्न सकिने बेहोरा सम्पूर्ण शुभेच्छुकहरुमा जानकारीका लागि अनुरोध गरिन्छ। यहाँहरुको अमूल्य सहयोगको लागि हामी आभारी हुनेछौ।
बैङ्क खाताको विवरण
Account Name: M/S.EMBASSY OF NEPAL
Account number: 0000000099614626
IBAN: BH63NBOB00000099614626
Account type: CURRENT A/C-BHD
Swift Code: NBOBBHBM
Currency: BHD