NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लाथ्व पुन्हि - १५

कन्सुलर प्रमाणीकरण

कागजात प्रमाणीकरण

क्र.सं.

प्रमाणीकरण गर्नुपर्ने कागजात

आवश्यक कागजात

प्रमाणीकरण दस्तुर

बि.डी.

1.

विवाहदर्ता प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको विवाहदर्ता प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • श्रीमान/श्रीमती दुबै जनाको राहदानीको प्रतिलिपि, नागरिकताको अगाडि/पछाडिको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति समेत।

16

2.

नाता प्रमाणित प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको नाता प्रमाणित प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • नाता प्रमाणपत्रमा उल्लेखित व्यक्तिहरूको राहदानीको प्रतिलिपि, नागरिकताको अगाडि/पछाडिको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति समेत।

16

3.

जन्मदर्ता प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको जन्मदर्ता प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • जन्मदर्ता प्रमाणपत्र भएको व्यक्तिको राहदानीको प्रतिलिपि, नागरिकताको अगाडि/पछाडिको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति समेत।

16

4.

अविवाहित प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको अविवाहित प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • अविवाहित प्रमाणपत्र भएको व्यक्तिको राहदानीको प्रतिलिपि, नागरिकताको अगाडि/पछाडिको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति समेत।

16

5.

मृत्युदर्ता प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको अविवाहित प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • मृत्युदर्ता प्रमाणपत्र भएको व्यक्तिको राहदानीको प्रतिलिपि, नागरिकताको अगाडि/पछाडिको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति

16

6.

सम्बन्ध-विच्छेद प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको सम्बन्ध-विच्छेद प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • सम्बन्ध-विच्छेद प्रमाणपत्र भएको व्यक्तिहरूको राहदानीको प्रतिलिपि, नागरिकताको अगाडि/पछाडिको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति

16

7.

शैक्षिक प्रमाणपत्र

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको शैक्षिक प्रमाणपत्रको सक्कलै र प्रतिलिपि
  • शैक्षिक प्रमाणपत्र भएको व्यक्तिको राहदानीको प्रतिलिपि, नागरिकता/ नावालक परिचयपत्र /जन्मदर्ताको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति

2

8.

ड्राइभिङ लाइसेन्स

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको ड्राइभिङ लाइसेन्सको सक्कलै र प्रतिलिपि
  • ड्राइभिङ लाइसेन्स भएको व्यक्तिको राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति

१६

9.

प्रहरी चारित्रिक प्रमाणपत्र-PCC

  • नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको प्रहरी चारित्रिक प्रमाणपत्र-PCC सक्कलै र प्रतिलिपि
  • प्रहरी चारित्रिक प्रमाणपत्र-PCC भएको व्यक्तिको राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र आवेदकको सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति

१९

10.

बैङ्किङ कागजात

  • बैङ्कबाट जारी कागजातको सक्कलै र प्रतिलिपि
  • आवेदकको कम्पनीबाट प्राप्त Salary Certificate को प्रतिलिपि
  • आवेदकको राहदानी, नागरिकता, सिपिआर तथा भिषाको प्रतिलिपि एवम् राहदानीको सक्कल प्रति
  • काजगातमा उल्लेखित व्यक्तिहरूको नागरिकता/विवाह दर्ता प्रमाणपत्र/नाताप्रमाणित प्रमाणपत्र लगायतका सम्बन्धित अन्य कागजातको प्रति

(नोटः राजदूतावास आउनु अगाडि उक्त बैंकबाट सम्बन्धित कागजातहरू राजदूतावासको ईमेलमा प्राप्त भएको हुनुपर्ने)

19

11.

अधिकृत वारेसनामा

(Power of Attorney)

अधिकृत वारेसनामाका लागि आवश्यक कागजातहरु र प्रक्रिया

मुलुकी देवानी कार्यविधि संहिता,2074 मा उल्लेख भए बमोजिमको अधिवक्ताद्वारा नेपाली कागजमा प्रिन्ट गरी तयार गरिएको 2 प्रति सक्कलै अधिकृत वारेसनामा र राजदूतावासलाई सम्बोधन गरिएको निवेदन सहित राजदूतावासमा स्वयम् उपस्थित भएर सहीछाप गर्नुपर्ने,

आवश्यक कागजातहरू-

  • अधिकृत वारेसनामा दिने व्यक्तिको नागरिकताको सक्कलै र प्रतिलिपि,
  • अधिकृत वारेसनामा लिने व्यक्तिको नोटरी प्रमाणित नागरिकताको प्रतिलिपि राहदानीको सक्कलै र प्रतिलिपि, CPR को प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो,
  • घरजग्गा बिक्री गर्ने अधिकृत वारेसनामाका लागि सक्कल जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा) र चालु वर्षको राजस्व तिरेको रसिदको सक्कल वा प्रमाणित प्रति,
  • सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेसनामाका लागि सक्कल/नोटरी प्रमाणित बिवाह दर्ता प्रमाणपत्र,
  • अन्य सम्पत्ति (जस्तै: सवारी साधन) बिक्री गर्ने अधिकृत वारेसनामाका लागि उक्त सम्पत्तिको स्वामित्वको सक्कल प्रमाणपत्र,
  • अधिवक्ताको लाइसेन्स वा परिचयपत्रको प्रतिलिपि ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (2) बमोजिम मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा ब.दि. १.५/-

मुलुकी देवानी कार्यविधि संहिता, 2074 को दफा १५४ बमोजिम अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ताभित्रमा हक हस्तान्तरण गर्ने भए ब.दि.१.५/- र तीन पुस्ताबाहेक अरूलाई सम्पत्ति बिक्रि गर्ने वा हक छाडिदिने गरीको भए ब.दि. १४.५/-