अधिकृत वारेसनामाका लागि आवश्यक कागजातहरु
अधिकृत वारेसनामाका लागि आवश्यक पर्ने निम्न कागजातहरु लिई राजदूतावासमा स्वयं उपस्थित हुनुहोला ।
- अधिकृत वारेसनामादिने व्यक्तिको नागरिकताको फोटोकपी
- अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकताको फोटोकपी
- सक्कल राहदानी
- CPR फोटोकपी
- अधिकृत वारेसनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
- जग्गा बिक्री गर्ने अधिकृत वारेसनामाका लागि सक्कल जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा)
- सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेसनामाका लागि सक्कल/नोटरी प्रमाणित बिवाह दर्ता प्रमाणपत्र
- अन्य सम्पत्ति (जस्तै: मोटरसाइकल) बिक्री गर्ने अधिकृत वारेसनामाकालागि उक्त सम्पत्तिको स्वामित्वको सक्कल प्रमाणपत्र
- अधिकृत वारेसनामाका प्रमाणिकरण दस्तुर यस प्रकार छ:
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (2) बमोजिम मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा ब.दि. १.५/-
- मुलुकी देवानी कार्यविधि संहिता, 2074 को दफा १५४ बमोजिम अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ताभित्रमा हक हस्तान्तरण गर्ने भए ब.दि.१.५/- र तीन पुस्ताबाहेक अरूलाई सम्पत्ति बिक्रि गर्ने वा हक छाडिदिने गरीको भए ब.दि. १४.५/-