वैदेशिक रोजगार र श्रमिक सरोकार विषयमा कविता वाचन तथा साहित्यिक सिर्जना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न (९ जनवरी २०२६)

वैदेशिक रोजगार र श्रमिक सरोकार विषयमा कविता वाचन तथा साहित्यिक सिर्जना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न (९ जनवरी २०२६)

Press Release on Embassy of Nepal in Manama organised poetry recitation and literary creation presentation program on 9 January 2026

वैदेशिक रोजगार श्रमिक सरोकार विषयमा कविता वाचन तथा साहित्यिक सिर्जना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न ( जनवरी २०२६)

यही मिति जनवरी २०२६ (२५ पौष २०८२) मा नेपाली राजदूतावास, मनामाले वैदेशिक रोजगार श्रमिक सरोकार विषयक कविता वाचन तथा साहित्यिक सिर्जना प्रस्तुतीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा रहेका साहित्यमा रूची राख्ने नेपाली श्रमिकहरूलाई प्रतिभा प्रस्तुतीकरणको अवसर सिर्जना गर्नु तथा नेपाली भाषा, कला, सङ्गीत, साहित्य तथा संस्कृतिको प्रवर्द्धन गर्नु श्रमिक सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा स्वागत मतव्य राख्दै महामहिम राजदूत तीर्थराज वाग्लेले द्विपक्षीय सम्बन्ध अभिवृद्धिमा सांस्कृतिक आदानप्रदानको महत्त्व रहेको उल्लेख गर्नु भएको थियो।साथै, वैदेशिक रोजगार श्रमिक सरोकार तथा स्वास्थ्य जागरण, स्थानीय कानूनी प्रक्रिया, बैङ्किङ प्रणाली मार्फत रेमिटेन्स प्रवाह तथा दक्षता अभिवृद्धिका विषयमा जोड दिनुभएको थियो। राजदूत वाग्लेले बहराइनमा रहेर नेपाली भाषा, कला, सङ्गीत, साहित्य तथा संस्कृतिको प्रवर्द्धन मार्फत नेपालको पर्यटन प्रवर्द्धन एवम् नेपालीहरूको हित कल्याणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा बहराइनस्थित सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधि एवम् नेपाली समुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो। साथै, उहाँले कार्यक्रममा साहित्यिक प्रस्तुति दिने सहभागीहरूप्रति आभार व्यक्त गर्नुका साथै यस फरक शैलीको श्रमिक सचेतना कार्यक्रममा आफ्नो तर्फबाट पनि नेपाली शीर्षकमा राष्ट्रप्रेम उजागर गर्ने कविता समेत प्रस्तुत गर्नु भएको थियो।

सो श्रमिक सचेतनामूलक साहित्यिक अन्तरक्रिया कार्यक्रममा नेपाली राजदूतावास, मनामाका श्रम सहचारी श्री सुनिता थापाले सुरक्षित वैदेशिक रोजगारीका लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया तथा जानकारीमा राख्नुपर्ने श्रमिक कल्याण सम्बन्धी सूचना एवम् रोजगार सम्झौताका शर्त पालना एवम् सुरक्षित आप्रवासनका लागि सचेतना अभिबृद्धि तथा राजदूतावासबाट गरिने पुन: श्रम स्वीकृति तथा श्रम वैधानिकीकरणको प्रक्रिया लगायत विभिन्न विषयहरूमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा बहराइनस्थित नेपाली क्लब, गैरआवासीय नेपाली सङ्घ, बहराइन, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज,बहराइन, आदिवासी जनजाती महासङ्घ, बहराइन लगायतका नेपाली संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् साहित्यानुरागी नेपालीहरू समेत करिब पचास जनाको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपालीक्लब बहराइनका अध्यक्ष श्री दीपक गुरूङ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइनका अध्यक्ष रमेश के.सी. तथा इन्जिनियर श्री दिपक बस्यालले श्रमिक सरोकारका विषयहरू खासगरी फ्लेक्जी भिषामा श्रम नवीकरणको विषय, श्रमिक स्वास्थ्य तथा कल्याणका विषय एवम् नेपाली प्रोफेसनलबीच अन्तरक्रियाको आवश्यकतामा चर्चा गर्नुभएको थियो।

नेपाली राजदूतावासका तृतीय सचिव श्री दीपराज जोशीले कन्सुलर विषयका जिज्ञासामा जानकारी दिनुका साथै आफ्ना रचना वाचन सहित कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

उक्त साहित्यिक सिर्जना प्रस्तुतीकरण कार्यक्रममा सहभागीहरूका तर्फबाट वैदेशिक रोजगार श्रमिक सरोकार विषयक कविता वाचन, गीत, गजल लगायतका करिव बीस वटा विविध साहित्यिक प्रस्तुतीहरू वाचन गरिएका थिए।नेपाली राजदूतावासद्वारा कार्यक्रममा प्रस्तुत गरिएका सिर्जनाका प्रस्तोताहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

साथै, उक्त कार्यक्रममा नेपाली राजदूतावाससँगको समन्वयमा -पासपोर्ट प्रिइनरोलमेन्ट फारम आवेदनमा सहजीकरण तथा नेपाली कला, सङ्गीत, तथा संस्कृतिको प्रवर्द्धन मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा श्रमिक कल्याणका साथै न्यासनल डे रिसेप्सन कार्यक्रम एवम् अन्य विभिन्न अवसरहरूमा नेपाली राजदूतावाससँग सहकार्य तथा प्राविधिक सहयोग गर्नुहुने संस्था तथा व्यक्तिहरूलाई पनि प्रशंसा-पत्र प्रदान गरिएको थियो।

नेपाली राजदूतावास, मनामा, बहराइन

जनवरी २०२६ (२५ पौष २०८२)