अधिकृत वारिसनामा (Power of Attorney) प्रमाणीकरण दस्तुर सम्बन्धी सूचना
सम्मानित सर्वोच्च अदालतको आदेश तथा परराष्ट्र मन्त्रालयको निर्णयानुसार अधिकृत वारिसनामा प्रमाणीकरणको दस्तुर देहाय बमोजिम निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
क्र.सं. |
अधिकृत वारिसनामाको विषय |
प्रमाणीकरण दस्तुर(बहराइनी दिनार BD) |
१ |
मुद्दा किटान नगरी अधिकृत वारिस नियुक्ति गरिएको अधिकृत वारिसनामा |
1.5 BD |
२ |
अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ता भित्रमा हक हस्तान्तरण गर्न चाहेको अधिकृत वारिसनामा |
1.5 BD |
३ |
अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ता बाहेक अरूलाई सम्पत्ति बिक्री गर्न वा हक छाडीदिन चाहेको अधिकृत वारिसनामा |
14.5 BD |
अधिकृत वारिसनामा प्रमाणीकरणको लागि राजदूतावासमा सम्पर्क राख्नु हुने नेपालीहरुले ध्यान दिनु पर्ने कुराहरु :-
-
अधिकृत वारिसनामाको कागजमा सहिछापको लागि महामहिम राजदूत समक्ष वारिसनामा दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने ।
-
मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएबमोजिको अधिबक्ता द्वारा तयार गरिएको अधिकृत वारिसनामा नेपाली कागजमा प्रिन्ट भएको २ प्रति सक्कल र राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्ने।
-
अधिकृत वारिसनामा दिने र लिने दुवै व्यक्तिको नागरिकता प्रमाणपत्रको नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्ने।
-
अधिकृत वारिसनामा दिनेको सक्कल नेपाली राहदानी, भिसा कपी, सिपिआर कपी साथै सोको फोटोकपी (अगाडी/पछाडी) संलग्न हुनुपर्ने।
-
अधिकृत वारिसनामा दिनेको हालै खिचिएको २ प्रति फोटो संलग्न हुनुपर्ने।
-
अधिकृत वारिसनामा लिनेको फोटो टाँस गरी हस्ताक्षर तथा दुबै हातको बुढी औलाको रेखात्मक छाप (ल्याप्चे सहिछाप) फोटोमा समेत भएको हुनुपर्ने।
-
किनारा साक्षीमा सदर भनीउल्लेखमा नाम, ठेगाना तथा सहीछाप हुनुपर्ने।
-
घर/जग्गाको चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्ने ।
-
घर/जग्गाधनी प्रमाणपत्रको सक्कल र नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्ने ।
-
सम्बन्ध बिच्छेद गर्ने सम्बन्धि कागज भए बिवाह दर्ता प्रमाणपत्र सक्कल वा नोटरी पब्लिक प्रमाणित हुनुपर्ने साथै अदालतले हाजिर हुन जारी गरेको भए सो सम्बन्धी कागजात संलग्न हुनुपर्ने ।
-
अधिकृत वारिसनामा तयार गर्ने अधिवक्ताको लाइसेन्स वा आइडीको फोटोकपी संलग्न हुनुपर्ने।