विद्युतीय राहदानी (e-Passport) का लागि Online फाराम भर्ने (Pre-enrollment) तरिका

पासपोर्ट आवेदन गर्नका लागि प्रिइनरोलमेन्ट गर्ने तरीका

  • देहायको लिंकhttps://online.nepalpassport.gov.np/ मा जाने
  • सामान्यतया खाता बीना आवेदन दिनुहोस् (Apply without an account) मा जाने र पुन: खाता बीना आवेदन दिनुहोस् (Apply without an account) मा जाने र त्यहाँ भएका विकल्पहरुमध्ये उपयुक्त विकल्प छान्ने-
    • First Issuance (New) पहिलोपटक राहदानी लिने
    • Passport renewal राहदानी नवीकरण गर्न
    • Passport Replacement (Lost/Stolen) सट्टा राहदानी (हराएको/चोरी भएको)
    • Replacement (Damaged) सट्टा राहदानी (बिग्रिएको)
    • Modification (Data Correction) विवरण त्रुटी भएको

(सामान्यतया पुरानो राहदानी नवीकरण गर्नेहरुले Passport renewal (राहदानी नवीकरण गर्न) छान्ने । पहिलो पटक नेपाली राहदानी बनाउने बहराइनमा जन्मेका सन्तानको हकमा First Issuance (New) (पहिलोपटक राहदानी लिने) Option छान्ने ।हराएर वा बिग्रेर तथा च्यातिएर एवम् विवरण त्रुटीका कारण राहदानी बनाउनु परेको भए सोही अनुसार Option छान्ने)

  • ३४ पेजको राहदानी लिन चाहनेले Ordinary 34 pages क्लिक गर्ने अनि Next मा गएर I Agree छान्ने (दस्तुर BD 20)

६६ पेजको राहदानी लिन चाहनेले Ordinary 66 pages क्लिक गर्ने अनि Next मा गएर I Agree छान्ने (दस्तुर BD 40)

  • त्यस पश्चात Appointment Country मा Other छान्ने , Appointment Location मा NE Manama छान्ने Next मा जाने
  • Available Dates बाट आफूलाई उपयुक्त हुने मिति छान्ने Available Time Slots बाट आफूलाई उपयुक्त हुने समय Booking गर्ने Next मा जाने

(Appointment बुकिङ्ग गर्दा एक महिना भित्रको कुनै दिनको लागि बुकिङ्ग गर्न सकिन्छ।सामान्यतया बुकिङ्ग गरेको दिन मात्रै फोटो खिच्न/ वायोमेट्रिक दिनका लागि राजदूतावासमा आउनुहुने छ।)

  • सम्पर्क जानकारी (Contact Information) मा नेपालको मोबाइल नम्बर अनिवार्य तथा सम्भव भए इमेल ठेगाना भर्ने र Next मा जाने (अब तपाइको फारामभर्ने समय सुरुहुनेछ, २५ मिनेटमा फाराम भरी सक्नुपर्नेछ, हाल आफूसँग भएको राहदानीको फोटो तथा नागरिकता लगायत अन्य आवश्यक कागजातको फोटो (३००KB भन्दा सानो साइजको ) तयार पारेर राख्ने)
  • त्यस पश्चात राहदानीको Online फारममा भएका विभिन्न उपशीर्षकमा रहेका विवरणहरु भर्ने।
  • व्यक्तिगत विवरण (Personal Details)
  • सम्पर्क विवरण(Contact Details)
  • ठेगाना विवरण (Address Details) नागरिकता सम्बन्धी जानकारी

(नोटः बहराइनबाट आवेदन गर्ने आवेदकका लागि नेपालको राष्ट्रिय परिचयपत्र नं. (National Identity Number) आवश्यक नपर्ने तर उपलब्ध भएमा राख्न सकिने।)

  • त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै JPEG वा PNG format मा स्क्यान गरी अपलोड गर्ने।
  • तत्पश्चात फाराम submit गर्ने त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने सो प्रिन्ट लिएर फोटो खिच्न लाईभ इनरोलमेन्ट (Live-enrollment) गर्न सक्कल राहदानी तथा नागरिकताको सक्कल/फोटोकपी सहित राजदूतावासमा आउनुपर्नेछ।

राहदानी दस्तुर/शुल्क-

क्र.सं.

राहदानीको प्रकार

शुल्क (बहराइनी दिनार)

३४ पेजको साधारण राहदानी

२०

६६ पेजको साधारण राहदानी

४०

नावालक (१० वर्षभन्दा कम उमेरका बालबालिका)को राहदानी

१०

4

पहिलेको राहदानी चोरी भएको/हराएको/च्यातिएको/बिग्रिएको

५०% थप शुल्क