प्रेस विज्ञप्ति

बहराइन अधिराज्यबाट यहाँको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्य सहित आज राती (मिति १६ सेप्टेम्बर २०२०, राती करिब १२:३० बजे ) नेपाल प्रस्थान गरेको छ।बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो।

लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ। सो टोलिलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७/०५/१४ मा नेपाल सरकार “मन्त्रिपरिषद्” को निर्णय भएको थियो।

पर्वतारोहणमा सहभागीहुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टिनमा रहेका थिए।कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परिक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन।सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण protocol पालना गर्नेछ।

बहराइनका लागि नेपाली राजदूत महामहिम श्री पदम सुन्दास, नियोगको द्वितीय सचिव श्री अरूणा घिसिङ, श्रम सहचारी श्री दामोदर दाहाल लगायतले प्रस्थान पूर्व सो टोलिलाई भेटी पर्वतारोहणमा सफलताको शुभकामना दिनु भयो। उक्त भेटमा महामहिम श्री सुन्दासले नेपाल र बहराइनबिच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो।

सो टोलीलाई बहराइनी पक्षबाट Deputy Commander of the Royal Guard, Major General Hamad Khalifa Alnoeme तथा Commanding Officer of the Royal Guard Training School, Brigadier Saad Gharli Mubarak ले शुभकामना सहित विदाइ गर्नुभयो।

नेपाली राजदूतावास
मनामा, बहराइन
२०७७/०५/३१