ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु

  1. MRP (Machine Readable Passport) को म्याद बहाल हुँदाहुदै e-Passport बनाउनु पर्छ कि पर्दैन?

MRP को म्याद बहाल रहँदासम्म e-Passport बनाउनु पर्दैन ।

  1. MRP को म्याद सकिन कति समय भए पश्चात e-Passport को लागि आवेदन दिन सकिन्छ?

MRP को म्याद १ वर्ष भन्दा कम भएमा e-Passport को लागि आवेदन दिन सकिन्छ।

  1. e-Passport बनाउन के के गर्नुपर्छ?

e-Passport Pre-Enrollment फारम online भर्नुपर्छ। सो को लागि आफ्नो व्यक्तिगत विवरण भरेपश्चात नागरिकताको अगाडी/पछाडीको र पासपोर्टको फोटो भएको पेज र निकटतम व्यक्तिको नाम ठेगाना भएको पेज (पेज नं. 2, 3, 31) को स्पष्ट फोटो खिचेर upload गर्नुपर्छ । ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका सम्बन्धमा राजदूतावासको मिति २०७८/१२/२० को सूचना निम्न लिङ्कबाट हेर्न सकिन्छ।

https://www.facebook.com/permalink.php?story_fbid=pfbid0EGT4gG56JfyBL8R7q4VHLFcGSuCdEyabJgAAuo837TBWjc2uMHktHzQz1fqyGcd3l&id=102157342448822

  1. e-Passport फारम भरेपछि फोटो ल्याउनु पर्छ कि पर्दैन?

राजदूतावासमानै Live फोटो खिचिने भएकोले फोटो ल्याउनु आवश्यक छैन।

  1. online फारम भरे पश्चात फोटो खिच्नका लागि राजदूतावास आउँदा के-के ल्याउनु पर्छ?

online भरिएको barcode सहितको फारमको printout, नागरिकताको फोटोकपी तथा सक्कल राहदानी लिएर फोटो खिच्नका लागि राजदूतावासमा स्वयं उपस्थित हुनपर्नेछ।

  1. e-Passport आवेदन दिएको कति दिनमा राहदानी प्राप्त हुन्छ?

आवेदन दिएको करिब एक महिनामा राहदानी विभाग, काठमाडौंबाट राहदानी तयार भई राजदूतावासमा प्राप्त हुन्छ । साथै, राजदूतावासमा राहदानी प्राप्त भएपश्चात प्राप्त राहदानीको नामावली राजदूतावासको फेसबुकमा समेत प्रकाशन गरिन्छ।

  1. e-Passport आवेदन दिएपछि राहदानी तयार भए/नभएको जानकारी कसरी लिन सकिन्छ?

e-Passport आवेदन दिएपश्चात आफ्नो राहदानीको अवस्था Nepal ePassport App बाट check गर्न सकिन्छ । तपाँइले online फारम भर्दा राख्नु भएको ईमेल ठेगाना तथा नेपालको सम्पर्क नंम्बरमा समेत जानकारी प्राप्त हुन्छ । यदि आवेदन रिजेक्ट (Reject) भएमा सम्पूर्ण कागजात सहित आवेदन दिएको १५ दिन भित्र राजदूतावासमा पुनः उपस्थित हुनुपर्नेछ ।

  1. राजदूतावासबाट छिटो e-Passport प्राप्त गर्न गर्न सकिन्छ कि सकिदैन?

हाल इमरजेन्सी अथवा द्रुत सेवाबाट e-Passport राहदानी विभाग, काठमाडौंबाट मात्र प्राप्त गर्न सकिन्छ । हालको राहदानीको म्याद सकिएको र नयाँ राहदानी बनाउन समय लाग्ने भएको अवस्थामा जरूरी परेमा राजदूतावासबाट नेपाल फर्कनको लागि एकतर्फी यात्रा अनुमति पत्र (Travel Document) जारी गर्न सकिने छ।

  1. e-Passport बनाउन fee कति लाग्छ?

ई-पासपोर्ट (e-Passport) ३४ पेजको र ६६ पेजको हुन्छ । ३४ पेजको – २० दिनार, ६६ पेजको – २० दिनार, १० बर्ष भन्दा कम उमेरका बालबालिकाको – १० दिनार, राहदानी चोरी भएको/हराएको/च्यातिएको भएमा दोब्बर शुल्क लाग्नेछ।

ई-पासपोर्ट (e-Passport) आवेदन फारमhttps://emrtds.nepalpassport.gov.np/

******